हेटौंडाः नेपाल टुरअन्तर्गत् द एक्स ब्यान्ड हेटौंडामा आउने भएको छ । नेपाल डायरिज हेटौंडाको आयोजनमा शनिबार हेटौंडामा हुन लगेको कन्सर्टका लागि द एक्स ब्यान्ड हेटौंडा आउन लागेको नेपाल डायरिज हेटौंडाका म्यानेजर समीर सापकोटाले सोमबार पत्रकार सम्मेलन गर्दै जानकारी दिनुभयो ।
आइतबार साँझ ४ बजेदेखि राति १० बजेसम्म रिगल हेटौंडा रिसोर्टमा कार्यक्रम हुने आयोेजकले जनाएको छ । कार्यक्रममा संगीतिक कार्यक्रम हुने, स्थानीय कलाकार र ब्यान्डहरुको प्रस्तुति रहनेछ ।
कमजोर आर्थिक अवस्था भएका विद्यार्थीको शिक्षालाई सहयोग गर्ने उद्देश्य राखेर कार्यक्रमको आयोेजना गरेको संस्थाका सल्लाहकार विकेशलाल श्रेष्ठले बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका ४ जना विद्यार्थीको शिक्षामा खर्च गरिने उहाँले बताउनुभयो । कार्यक्रमको लागि ७ लाख खर्च हुने अनुमान आयोजकको छ ।
कार्यक्रममा सहभागी हुन टिकटको व्यवस्था गरिएको छ । प्रतिव्यक्ति एक हजार रुपैयाँको टिकट लिएर कार्यक्रममा सहभागी हुन सकिने आयोजकले जानकारी दिएको छ । टिकटको आयोजकले एक हजार दर्शकलाई टिकट बेच्ने लक्ष्य राखेकोमा हालसम्म ३ सय टिकट बिक्री भइसकेको जनाइएको छ ।