गुगल तस्विर

हेटौंडाः सोमबार मकवानपुरमा ३ जनामा डेंगु पुष्टि भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा मकवानपुरमा ३ जनामा डेंगु संक्रमण भटिएको हो ।

३ जना संक्रमितमध्ये १ जना हेटौंडा उपमहानगरपालिकाका बासिन्दा रहेका छन् । यस्तै, बगमती गाउँपालिकाका र मकवानपुरगढी गाउँपालिकाका १–१ जनामा डेंगु पाइएको छ ।

स्वास्थ्य कार्यालय मकवानपुरले सार्वजनिक गरेको विवरणअनुसार साउन महिनादेखि सोमबारसम्म ४ सय २१ जनामा डेंगु संक्रमण भेटिएको छ । जसमध्ये धेरै संक्रमित हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । साउन महिनादेखि भदौ २५ सम्म डेंगु हुनेमा हेटौंडाका २ सय ८१ जना रहेको विवरणमा उल्लेख छ ।

डाक्टरहरुका अनुसार व्यक्तिमा ज्वरो आएको ७२ घण्टापछि डेंगु जाँच गरे डेंगु प्रष्ट हुनेछ । डेंगुबाट बच्ने मुख्य र प्रभावकारी उपाय भनेको लामखुट्टेबाट बच्ने हो । लामखुट्टेबाट बच्नका लागि झुल हालेर सुत्ने, हातगोडा छोप्ने कपडा लगाउने, लामखुट्टेबाट बच्ने क्रिम लगाउने, पानी जम्न नदिने, घर वरिपरि सरसफाई गर्नुपर्ने बताइएको छ ।