हेटौँडाः नेपाल औषधी व्यवसायी संघको केन्द्रीय सदस्यमा मकवानपुरकी कपिला जोशी सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार बीरगन्जमा सम्पन्न संघको १४ औं महाधिवेशनबाट जोशी सर्वसम्मत केन्द्रीय सदस्य निर्वाचित हुनुभएको हो । अधिवेशनबाट अध्यक्षमा प्रकाश कुमार खण्डेवाल निर्वाचित हुनुभएको छ ।
