हेटौँडाः हेटौँडा–६, चौघडास्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८ औं स्थापना दिवसको अवसरमा शुक्रबार बिहान रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ११ जनाले रक्तदान गरेका छन् ।
सहकारीका अध्यक्ष हिमाल पौडेलको अध्यक्षता तथा वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रमको उद्घाटन भएको थियो । रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो । शनिबार बिहान हेटौँडा–४ स्थित श्रमिक माविमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।