मंगलबार प्रदेश सभा सचिवालयले प्रदेश सभा बैठक निर्धारण गरिएको सूचना ।

हेटौँडाः बागमती प्रदेश सभा बैठक यही भदौ १८ गते बस्ने भएको छ । मंगलबार प्रदेश सभा सचिवालयले सभामुख भुवन कुमार पाठकले भदौ १८ गते दिनको साढे १ बजेको समयमा प्रदेश सभाको बैठक निर्धारण गर्नुभएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

यसअघि प्रदेश सरकारले भदौ १७ गतेका लागि प्रदेश सभा बैठक बोलाउने निर्णय गरेको थियो । गत असार २१ गते अर्को सूचना नभएसम्मका लागि प्रदेश सभाको बैठक स्थगित गरिएको थियो ।