हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले मंगलबार २ जना बालश्रमिकलाई उद्दार गरेको छ । हेटौँडा–१० स्थित धादिङ होटेलबाट एक १५ वर्षीया बालिका र मासु पसलबाट ११ वर्षीय बालकलाई उद्दार गरिएको हो ।
उद्दार गरिएका बालबालिकालाई सिविन बालहेल्पलाइनको अल्पकालिन संरक्षणमा राखिएको छ । बालश्रमिकको उद्दार कार्यमा वडाका जनप्रतिनिधि, बालमैत्री नगर सहजकर्ता, वडा सहजकर्ता, सिविन बालहेल्पलाइन, साना हात नेपाल, सामुदायिक प्रहरी र नगर प्रहरी समेतको सहभागिता रहेको थियो ।
बालमैत्री पालिका घोषणाको तयारीमा रहेको हेटौँडा उपमहानगरपालिकाले बजारक्षेत्रमा बालश्रम प्रयोग भए नभएको अनुगमन र बालश्रम प्रयोग भएको अवस्थामा उद्दारको कार्य गर्दै आएको छ ।











