हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित थानाभर्याङका ४५ वर्षीय कुमार भारती राप्ती खोलामा मृत अवस्थामा परेका छन् । शनिबार दिउँसो ३ बजेर १५ मिनेटको समयमा हेटौंडा–११, सिमलटारस्थित राप्ती खोलामा भारती मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।
शनिबार दिउँसो अस्थायी प्रहरी चौकी थानाभर्याङबाट प्रहरी सहायक निरीक्षक केदार विकको कमाण्डमा टोली खटेर भारतीको शव खोलाबाट निकालिएको हो । शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याउने तयारी भइरहेको प्रवक्ता कार्कीले बताउनुभयो । भारती कहिलेदेखि बेपक्ता थिए भनेर थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।