हेटौंडाः पुर्वपश्चिम लोकमार्ग सडकखण्ड अन्तर्गतको बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार महोत्तरी जिल्ला लोहारपट्टि बस्ने अन्दाजी बर्ष ४१ को बिजय लाल पण्डित, नाम थर वतन नखुलेको अन्दाजी बर्ष ६५ की महिला, नाम थर वतन नखुलेको अन्दाजी बर्ष ६५/७० को पुरुष, नाम थर वतन नखुलेको अन्दाजी बर्ष ५५/६० की महिला, भारत राजस्थान बस्ने अन्दाजी बर्ष ६७ को बहादुर सिंह, भारत राजस्थानकै अन्दाजी बर्ष ६५ की मिरा देबी र नाम थर वतन नखुलेको अन्दाजी ५५/६० की महिलाको दुर्घटनामा मृत्यु भएको छ ।
प्रहरीका अनुसार भारत राजस्थान बस्ने अन्दाजी ४८ बर्षको घनश्याम चतुरबेदी, महोत्तरी जिल्ला जलेश्वर नगरपालिका बस्ने अन्दाजी ३८ बर्षको बिहारी मुखीया, धनुषा जिल्ला मौवा गाउँपालिका १८ जनकपुर बस्ने बर्ष बर्ष ४१ को घुरन मण्डल, महोत्तरी जिल्ला लोहारपति नगरपालिका ५ बस्ने अन्दाजी बर्ष २६ को जसबेन्दर पासवान, भारत राजस्थान बस्ने अन्दाजी बर्ष ५३ की माया देबी, सोही ठाउँ बस्ने अन्दाजी बर्ष ३५ को अनिल कुमार, अन्दाजी बर्ष ५० को तारा वती चतुरबेदी, निजकै नातिनि अन्दाजी बर्ष ९ की क्रितिका चतुरबेदी, अन्दाजी बर्ष ४८ को श्याम लाल माली अन्दाजी बर्ष ४७ को हरवारी माली, अन्दाजी बर्ष ७० की चौथी देबी, अन्दाजी बर्ष ७२ को सुरेस चन्द्र चक्रवती, अन्दाजी बर्ष ७३ को राम प्रसाद, भारत राजस्थान बस्ने अन्दाजी बर्ष ६३ को धरम सिंह, सोहि ठाउँ बस्ने अन्दाजी बर्ष ६० की ईन्दु धाकद, अन्दाजी बर्ष १६ की गर्बिदा चतुरबेदी, र अन्दाजी बर्ष ५४ को राम कुमार चतुरबेदी घाईते भएका छन् ।
बुधबार राती करिब साढे २ बजेको समयमा चुरियामाई मन्दिर नजिक काठमाण्डौबाट जनकपुर तर्फ जाँदै गरेको प्रदेश ०३–००१ ख ७९९४ नम्बरको बस सडकको दाया साइडमा अन्दाजी १०/१५ मिटर तल खसी दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरुको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भैरहेको छ । मृतकको शब हेटौंडा अस्पतालमा राखिएको छ । चालक र सह–चालक प्रहरी नियन्त्रणमा रहेको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।