दौडपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः हेटौँडा–४ स्थित पारिजातपथ टोल विकास संस्था र ओमशान्ति टोल विकास संस्थाको संयुक्त बाल समूह नवसिर्जना बाल समुहको आयोजनामा शनिबार बिहान दौड प्रतियोगिता भएको छ । बालमैत्री पालिका घोषणा कार्यक्रम अन्तर्गत गठित समूहले शनिबार दौड प्रतियोगिता आयोजना गरेको पारिजातपथ टोल विकास संस्थाकी अध्यक्ष सिर्जना पौडेलले जानकारी दिनुभयो ।

शनिबार बिहान हुप्रचौरमा भएको १ सय मिटर दौड प्रतियोगिताअन्तर्गत ९ वर्ष उमेर समुहमा सुविन श्रेष्ठ प्रथम, स्यारोन अधिकारी द्वितीय र सुजिन लामा तृतीय भएका छन् । ९ वर्ष उमेर समुहमा १० जनाले सहभागिता जनाएका थिए । यस्तै ९ वर्षभन्दा माथि छात्रामा कृष्मा भ्लोन प्रथम, एलिसा भट्टराई द्वितीय र कृतिका ढकाल तृतीय भएका छन् । उक्त उमेर समुहमा पनि १० जनाले सहभागिता जनाएका थिए । यस्तै छात्रतर्फ १० वर्षदेखि १५ वर्ष उमेर समुहमा सक्षम श्रेष्ठ प्रथम, सुसन लामा द्वितीय र एञ्जल भट्टराई तृतीय भएका छ । यस उमेर समूहमा ९ जनाले सहभागिता जनाएका थिए । यस्तै १५ वर्ष भन्दा माथि उमेर समुहमा निश्चिल लामा प्रथम भए ।

प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई भदौ १२ हुने पारिजात पथ टोल विकास समितिको १५ औं साधारणसभाको अवसरमा पुरस्कृत गरिने अध्यक्ष पौडेलले बताउनुभयो । बाल समुहले मासिक रुपमा बैठक बसेर विभिन्न कार्यक्रम गर्दै आएको छ । समुहले गत महिनाको शनिबार वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो । २५ सदस्यीय कार्यसमिति रहेको क्लबमा अहिले ५० जनाभन्दा बढी बालबालिकाहरु सक्रिय छन् । नवसिर्जना बाल समुहकी अध्यक्ष समृद्धि सुवेदीको सभाध्यक्ष तथा ४ नम्बर वडाकी बाल सहजकर्ता अनिशा अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा क्लबकी संरक्षक माया लामाको पनि सहभागिता रहेको थियो ।