क्रिसल मोक्तान ।

हेटौँडाः १९ वर्ष उमेर समूहको राष्ट्रिय टिम निर्माणका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले ३५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । एन्फाले शुक्रबार घोषणा गरेको ३५ सदस्यीय टोलीमा मकवानपुरका क्रिसल मोक्तान पनि अटाएका छन् । गोलरक्षक मोक्तान १७ वर्ष उमेर समूहमा पनि सहभागी खेलाडी हो ।

मोक्तानले हिमालयन शेर्पा क्लबबाट ए डिभिजन लिग फुटबल खेलिरहेका छन् । मोक्तान क्लबमार्फत नै छनोटमा सहभागी भएका थिए । मकवानपुर जिल्लाबाट प्रदेशस्तरीय छनोट पार गर्दै १२ जना राष्ट्रियस्तरको छनोटमा सहभागी भएका थिए । यसअघि १ वर्ष उमेर समूहमा पनि मकवानपुरका ३ जना खेलाडी राष्ट्रिय टोलीको प्रारम्भिक सूचिमा समावेश भएका छन् । उनीहरु पनि ए डिभिजन क्लबमार्फत नै छनोटमा सहभागी भएका थिए ।