हेटौँडाः हेटौँडा–४, शितलमहलचोकमा दरबार मार्ट शनिबारबाट सञ्चालनमा आएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले मार्टको उद्घाटन गर्नुभएको हो ।
सञ्चालक सुुरज थिङका अनुसार ५० लाख लगानीमा मार्ट सञ्चालन गरिएको हो । फलफुल र गेडागुडी लगायत स्थानीय वस्तुलाई प्राथामिकता दिने योजनाले मार्ट सञ्चालनमा ल्याइएको थिङले बताउनुभयो । उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको पनि उपस्थिति रहेको थियो । दरबार मार्टका सञ्चालक सुरज थिङले हेटौँडाको पदमपोखरी क्षेत्रमा ड्रागन फ्रुट, मेवा, खरबुजा लगायतका फलफुलको व्यावसायिक खेती समे गर्दै आएका छन् ।