हेटौँडाः लायन्स क्लब इन्टरनेशनल, डिष्ट्रिक ३२५ एस नेपाल अन्तर्गत एरिया–२ मा रहेका क्लबको सहभागिता र सहयोगमा लायन्स क्लब अफ हेटौँडा लर्ड बुद्धको संयोजनमा मकवानपुरको बकैया गाउँपालिकामा एक अशक्त महिलालाई ह्वील चेयर वितरण गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानको उपस्थितिमा शनिबार क्लबले बकैया–६ की ४३ वर्षीया सुशीला तितुङलाई ह्वील चेयर हस्तान्तरण गरेको हो ।
यस्तै लायन्स क्लबले बकैया गाउँपालिकाको ५ नम्बर वडा कार्यालय परिसरमा बर–पिपलको बिरुवा रोपेको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एस नेपालका गभर्नर डि.एन. अग्रवालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा ५ नम्बर वडा अध्यक्ष लक्ष्मी जिम्वाको पनि आतिथ्य रहेको थियो ।
