हेटौंडाः नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन जिल्ला कमिटी मकवानपुरको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । मंगलबार भएको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् ।
५ जना महिला र ३० जना पुरुषले रक्तदान गरेको रक्त संचार केन्द्र हेटौंडाका प्रविधिक किशोर सापकोटाले जानकारी दिनुभयो । संगठनको कार्यालय उद्घाटनको अवसर रक्तदान कार्यक्रम भएको हो । रक्तदान कार्यक्रम संगठनका अध्यक्ष शिव बहादुर थापाको अध्यक्षता रहेको थियो ।











