हेटौँडाः चितवन जिल्लाको खैरहनी नगरपालिका–१२, घोग्रेलामा बाघको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ ।
आइतबार साँझ ७ बजेको समयमा घोग्रेलास्थित केराबारीको बीचमा खैरहनी नगरपालिका–११, केराबारीका ३५ वर्षीय अनिल तामाङको बाघको आक्रमणमा परी मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । नुवाकोट जिल्ला स्थायी घर भएका तामाङ केराबारीस्थित मामाघरमा बस्दै आएको प्रहरीले जनाएको छ । आइतबार अबेर राती मात्रै मृतकको सनाखत भएको प्रहरीले जनाएको छ ।