हेटौँडाः रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२ मा सुनसहित मकवानपुरका एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका-५ का ४१ वर्षीय अमर बहादुर विश्वकर्मा रहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
शनिबार दिउँसो ४ बजेर ४५ मिनेटको समयमा केरुङबाट नेपाल आउँदै गरेका विश्वकर्माको साथबाट प्रहरीले सुन ३.६६१ तोला र चाँदी ८.५७८ तोला बरामद गरेको प्रहरीले जनाएको छ । विश्वकर्मासँग बरामद सुनचाँदीको मूल्य ४ लाख २४ हजार बराबर रहेको प्रहरीले जनाएको छ । बरामद भएको सामान नियन्त्रणमा लिई कार्बाहीको लागि भन्सार कार्यालय टिमुरेमा पठाइएको प्रहरीले जनाएको छ ।