हेटौँडाः अहिले हेटौँडा बजारमा रायो, स्कुसको मुन्टा, फर्सीको मुन्टा र लट्टेको साग उपलब्ध छ । हेटौँडामा रायोको साग प्रतिमुठा ४० रुपैयाँमा बिक्री भइरहेको छ । फर्सीको मुन्टा प्रतिमुठा ३० रुपैयाँ, लट्टेको साग प्रतिमुठा ३० रुपैयाँ र स्कुसको मुन्टा प्रतिमुठा ५० रुपैयाँमा बिक्री भइरहेको छ ।
हेटौँडामा अहिले मकवानपुरको भीमफेदी गाउँपालिकाबाट रायोको साग आइरहेको छ भने फर्सीको मुन्टा र स्कूसको मुन्टा थाहा नगरपालिका, मकवानपुरगढी गाउँपालिका र भीमफेदी गाउँपालिकाबाट आउने व्यवसायी बताउँछन् । लट्टेको साग भने हाँडीखोलाका किसानले ल्याउने गरेका छन् । हेटौँडा–३, बसामाडीकी निर्मला प्रजा सागको मूल्य सस्तो भएको बताउनुहुन्छ ।