तस्बिर गुगल

हेटौंडाः मकवानपुर जिल्ला ब्याडमिन्टन संघको पुनर्गठन गरिने भएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिमा आगामी साउन २७ गते संघको पुनर्गठन हुने भएको हो ।

ब्याडमिन्टन संघको गतिविधिलाई अगाडि बढाउन जिल्ला समिति पुनर्गठन हुन लागेको संघका महासचिव ध्रुव भुजेलले जानकारी दिनुभयो । ब्याडमिन्टन खेलका खेलाडी तथा खेलप्रति इच्छुक व्यक्तिहरुको सहभागितामा संघको पुनर्गठन गरिने भुजेलल बताउनुभयो । संघ पुनर्गठन कार्यक्रममा उपस्थितिका लागि ब्याडमिन्टन खेलाडीलाई अनुरोध गरेको उहाँको भनाइ छ ।

जिल्ला खेलकुद विकास समितिले व्याडमिन्टनलागायत अन्य खेलहरुलाई कसरी सही ढंगले अगाडि बढाउने, मकवानपुर जिल्लालाई कसरी खेलकुदमार्फत् चिनाउने, खेलाडीहरुलाई कसरी प्रशिक्षण दिने भन्नेबारेमा जिल्ला खेलकुद विकास समितिमा छलफल भएको छ । खेलकुद संघको वार्षिक कार्यक्रमअनुसार खेल संघहरुको सक्रियता बढाउने, रेफ्री कोर्ष तालिम सञ्चालन गर्ने, विभिन्न क्लब तथा संस्थाहरूमार्फत् खेलाडीहरुलाई खेल सामग्री सहयोग गर्ने विषयमा छलफल गरिएको थियो ।