हेटौंडाः बागमती प्रदेशको मन्त्री परिषद् बैठकबाट श्रम तथा रोजगार नीति २०८० स्वीकृत भएको छ । आइतबार बसेको मन्त्री परिषद् बैठकले श्रम तथा रोजगार नीति २०८० स्वीकृत गरेको बिना विभागीय मन्त्री रामकृष्ण चित्रकारले जानकारी दिनुभयो ।
यस्तै बैठकले प्रदेशका स्वास्थ्य सेवाका नारायण बहादुर कार्की र इन्जिनियरतर्फ लोकनाथ रेग्मीलाई ११ औँ तहमा बढुवा गर्ने निर्णय गरेको छ । यस्तै, आर्थिक वर्ष २०८०/८१ का लागि प्रदेशमा १ हजार ५ सय ९५ अस्थायी दरबन्दी स्वीकृत गरिएको छ ।