हेटौंडाः बागमती प्रदेशको प्रदेश सभामा अहिले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल जारीे छ । आजै बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
नीति तथा कार्यक्रममा प्रदेश सरकारले कम्पनी, मिडिया हाउस, बैंक खोल्ने कार्य लागयत सम्पूर्ण काम सरकारले गर्ने भनेको प्रती प्रदेश सदस्य राधा घलले आपत्ति जनाउनुभएको छ । उहाँले मिडिया हाउस, कम्पनी निजी तर्फका खोल्न चाहनेलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।