हेटौँडाः मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा रहेको प्रजा आधारभुत विद्यालयमा बुधबार कक्षा छ देखि आठसम्मका विद्यार्थी र अभिभावकको अन्तरक्रिया भएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र चेपाङको अध्यक्षतामा अन्तरक्रिया भएको हो । जेष्ठ महिनामा भएको मासिक परिक्षाको समीक्षा साथै आउँदो श्रावणको पहिलो सातामा हुन गइरहेको त्रैमासिक परीक्षाको योजनाअन्तर्गत रहेर मुख्य छलफल भएको प्रधानाध्यापक तुल बहादुर सुनारले बताउनुभयो । सँगसँगै, विद्यार्थी बढी अनुपस्थित हुने, बिना जानकारी विद्यालयबाट निस्कने, गृहकार्य नगरी विद्यालय आउने तथा विद्यालय भन्दाबाहेकको पोसाक लगाउने जस्तो समस्याको बारेमा पनि छलफल भएको प्रधानाध्यापक सुनारले जानकारी दिनुभयो । विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गराउन आवश्यक तयारी गर्ने निर्णय भएको प्रधानाध्यापक सुनारले जानकारी दिनुभएको छ ।