Home मुख्य समाचार लागुऔषध अफिमसहित मकवानपुरमा शिक्षक पक्राउ

लागुऔषध अफिमसहित मकवानपुरमा शिक्षक पक्राउ

सांकेतिक तस्विर ।

हेटौँडाः मकवानपुरको राक्सिराङ गाउँपालिकाबाट प्रहरीले लागुऔषध अफिमसहित शिक्षकलाई पक्राउ गरेको छ । बिहिबार बिहान ९ बजेर ३० मिनेटको समयमा राक्सिराङ गाउँपालिकाबाट मनहरीतर्फ जाँदै गरेको मोटरसाइकलको सुरक्षाजाँच गर्ने क्रममा राक्सिराङ गाउँपालिका–बम्किङबाट मकवानपुरको कैलाश गाउँपालिका–३, कालिकाटारस्थित भवानी माविका अस्थायी शिक्षक प्रल्हाद दर्जीलाई लागुऔषध अफिमसहित पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

राक्सिराङबाट मनहरी जाँदै गरेको बा ५३ प ४५३९ नम्बरको मोटरसाइकलको सुरक्षाजाँच गर्न खोज्दा मोटरसाइकल चालक फरार भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकलमा सवार शिक्षक प्रल्हाद दर्जीलाई ३ केजी ४६० ग्राम अफिमसहित नियन्त्रणमा लिएको छ । दर्जी मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–७, रमनटारवासी हुन् । प्रहरीले दर्जीको साथबाट ५० हजार रुपैयाँ पनि बरामद गरेको उल्लेख गरेको छ । प्रहरीले फरार मोटरसाइकल चालकको खोजी कार्य भइरहेको उल्लेख गरेको छ ।

Exit mobile version