हेटौँडाः हेटौँडा–४ बाट प्रहरीले लागुऔषध गाँजासहित २ जना बालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका–१, लोथर बस्ने १७ वर्षीय सौजन चेपाङ र १४ वर्षीय अर्जुन चेपाङ रहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
बुधबार दिउँसो १ बजेर १० मिनेटको समयमा पैदल हिँडिरहेका सौजन र अर्जुनलाई शंका लागी सुरक्षाजाँच गर्दा उनीहरुको साथबाट प्रहरीले १२ किलो लागुऔषध गाँजा फेला पारेको जनाएको छ । प्रहरीले सौजनको साथबाट ६ किलोग्राम र अर्जुनको साथबाट ६ किलोग्राम लागुऔषध गाँजा फेला पारेको थियो । लागुऔषध गाँजासहित दुवैजनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।