Home मुख्य समाचार अवकासप्राप्त ७७ शिक्षकलाई सम्मान, नगर उपप्रमुख भन्नुहुन्छ, “मसँग शिक्षकले मदिरा सेवन गरेको...

अवकासप्राप्त ७७ शिक्षकलाई सम्मान, नगर उपप्रमुख भन्नुहुन्छ, “मसँग शिक्षकले मदिरा सेवन गरेको फोटो छ”

उद्घाटन कार्यक्रममा अनिवार्य अवकाश प्राप्त शिक्षकलाई सम्मान गरिँदै ।

हेटौँडाः नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौँडाले अनिवार्य अवकाश प्राप्त शिक्षकलाई सम्मान गरेको छ । समितिको २५औं साधारण भेलाको अवसरमा शुक्रबार हेटौँडामा शिक्षकहरुलाई सम्मान गरेको हो । २०७५ सालपछि अनिवार्य अवकाश प्राप्त ७७ जना शिक्षकलाई सम्मान गरिएको हो ।

अवकाश प्राप्त शिक्षकलाई सम्मान गरिँदै ।

हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्य तथा समितिका अध्यक्ष सागरप्रसाद खतिवडाको अध्यक्षतामा अधिवेशनको उद्घाटन कार्यक्रम भएको हो । शिक्षक भेलालाई सम्बोधन गर्नुहुँदै उपप्रमुख बानियाँले शिक्षकको आचरणमाथि प्रश्न उठाउनुभएको छ । उहाँले शिक्षकहरु भट्टीमा भेटिने गरेको, भट्टीमा मदिरा सेवन गर्दै गरेको फोटो सामाजिक सञ्जालमा भेटेको भन्दै शिक्षकको आचरणमाथि प्रश्न उठाउनभुएको छ । सुगममा मात्रै बस्न चाहने शिक्षकको चरित्र ठिक नभएको उहाँको भनाइ थियो ।

अवकाश प्राप्त शिक्षकलाई सम्मान गरिँदै ।

आफ्ना सन्तानलाई विदेश पठाउने शिक्षकले यहाँ के शिक्षा दिन्छ भन्दै आक्रोश समेत पोख्नुभयो । आफू युरोप, अमेरिका जहाँ बसे पनि बस्न सक्ने हुँदा हुँदै पनि नेपाल फर्किएको उल्लेख गर्नुहुँदै भन्नुभयो, “कतिपयले आलोचना गर्छन् हेटौँडाका प्रमुख र उपप्रमुखले केही पनि गरेनन् । खै बालेनले जस्तो गरेको भन्छन् । काठमाडौंमा चिप्लेटी र बाँसघारी छ र ? काठमाडौं जस्तो सुगम ठाउँमा काम गर्नु र हेटौँडाको चिप्लेटी र बाँसघारीमा काम गर्न सजिलो छैन ।”

अवकाश प्राप्त शिक्षकलाई सम्मान गरिँदै ।

उद्घाटन कार्यक्रममा नगरस्तरीय शैक्षिक समन्वय समितिका सचिव माधव खतिवडाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष दिनेश उप्रेतीले आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो । नगरस्तरीय शैक्षिक समन्वय समितिले हेटौँडा उपमहानगर क्षेत्रका विद्यालयबीच परीक्षा सञ्चालनमा आवश्यक समन्वय गर्दै आएको छ । भेलाले नयाँ समिति चयन गर्नेछ ।

अवकाश प्राप्त शिक्षकलाई सम्मान गरिँदै ।
Exit mobile version