हेटौँडाः मोवाइल एसोसिएसन अफ नेपाल मकवानपुरको आयोजनामा शुक्रबार बिहान हेटौंडाको बुद्धचोकमा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौंडाले प्राविधिक सहयोग गरेको थियो । यसअघि बिहिबार मदन भण्डारी फाउण्डेशनले पनि रक्तदान कार्यक्रम गरेको थियो । केहीदिन यता दैनिकजसो रक्तदान कार्यक्रम भइरहेको छ ।