Home खेलकुद उपमहानगरपालिकास्तरीय शिक्षक भलिबल आजबाट सुरु हुँदै

उपमहानगरपालिकास्तरीय शिक्षक भलिबल आजबाट सुरु हुँदै

हेटौंडा उपमहानगरपालिका कार्यालय ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको आयोजनामा आज शुक्रबारबाट उपमहानगरपालिकास्तरीय शिक्षक भलिबल प्रतियोगिता सुरु हुँदैछ । हेटौंडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा हुने शुक्रबारको उद्घाटन खेलमा चन्द्रोदय मावि र जेनिथ बोर्डिङ स्कूलबीच प्रतिस्पर्धा हुनेछ ।

दुई टिमबीचको खेल बिहान ८ बजे सुरु हुनेछ । प्रतियोगितामा उपमहानगरभित्रका १६ विद्यालयको टिमले सहभागी जनाएको छ । नकआउट चरणमा हुने खेलको फाइनल आइतबार हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने दुई टिमले सान्त्वनास्वरुप १५/१५ हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।

Exit mobile version