हेटौँडाः मनहरी गाउँपालिका–८, सिम्पानीमा लागुऔषध गाँजासहित एकजना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा जिल्ला पटेर्वा सुगौली गाउँपालिका–५ का २६ वर्षीय कृष्ण राउत थारू रहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
बुधबार बिहान ७ बजेको समयमा बाटोमा बसिरहेका कृष्णलाई शंका लागी सुरक्षाजाँच गर्दा कृष्णको साथबाट लागुऔषध गाँजा ४ किलोग्राम फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले लागुऔषध गाँजा र कृष्णलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
