हेटौँडाः हेटौँडा–१५ रातोमाटेस्थित प्रहरी चेकपोष्टबाट एकलाख बराबरको अवैध सामान बरामद भएको छ । मंगलबार राती ११ बजेको समयमा बीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ३४८९ नम्बरको बस रोकी सुरक्षाजाँच गर्दा १ लाख १० हजार रुपैयाँ बराबरको अवैध सामान बरामद भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा जानकारी दिएको छ ।

बसको पछाडिको दुवै साईडको सिट मुनी लुकाई छिपाई ल्याएको अमूल बटर ९ काटुन १६० पिस र अमुल फ्रेस क्रिम १ काटुन १२ पिस फेला पारेको प्रहरीले जानकारी दिएको छ । सामानको सम्बन्धित व्यक्ति कोहि नभएको र बसको कागजपत्र राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।