रविन्द्र वाईबालाई सम्मान गर्नुहुँदै बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी ।

हेटौँडाः बागमती प्रदेशको राजधानी हेटौँडाबाट प्रकाशित हुने समृद्ध समाज राष्ट्रिय दैनिकका संवाददाता रबिन्द्र वाईबा सम्मानित हुनुभएको छ । मकवानपुरको बागमती गाउँपालिकाले आयोजना गरेको अनिवार्य तथा निशुल्क शिक्षा घोषणा कार्यक्रममा वाईबालाई सम्मान गरिएको हो ।

वाईबा बागमती गाउँपालिकाकै स्थायीवासी हुनुहुन्छ । वाईबालाई आयोजकले गाउँपालिकाको विभिन्न क्षेत्रको समाचार प्रकाशन गरेर सहयोग पु¥याएको भनी सम्मान गरेको हो । वाईबालाई नगद ५ हजारसहित सम्मानपत्र प्रदान गरेको छ । बागमती गाउँपालिकाले पालिकालाई अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गरेको छ । बागमती प्रदेशको शिक्षा विकास निर्देशनालय र पालिकाबीच भएको सम्झौता अनुसार पालिकाले अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गरेको हो ।