हेटौँडाः चितवन, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र सिन्धुली जिल्लामा विभिन्न घटनामा परि एकै दिन ५ जनाको मृत्यु भएको छ । चितवन जिलको भरतपुर माहानगरपालिका–२३ हरियाली सामुदायिक वनमा गैडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ घर भई हाल धुर्बघाट बस्ने ६० वर्षीय झन्डिल बोटे रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
बोटेलाई आइतबार बेलुका ७ बजेको समयमा सामुदायिक बनमा नुउरो टिप्ने क्रममा अचानक गैडाले आक्रमण गर्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल भरतपुर लगिएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, चितवन जिल्लाको राप्ती नगरपालिका–९ अमृतपानी स्थित भित्री सडकमा एक जना पुरुषको शव फेला परेको छ । आइतबार सनाख्त नभएको अन्दाजी ४५ वर्षीय पुरूषको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल भरतपुर लगिएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै काभ्रेपलाञ्चोक जिल्लाको मन्थली नगरपालिका–७ कउचिनीमा भिरबाट लडेर एक जनाको पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थान बस्ने ५८ वर्षीय नेप्टे सार्की रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । सार्की आइतबार घरबाट १ किलोमिटर उत्तर बनमा घाँस काटन गएकोमा भिरबाट लडि मृत्यु घछना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमको लागि लागि मन्थली अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–७ मेलम्ची नदीमा पौडि खेल्ने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थान बस्ने १३ वर्षीय अजय तामाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । आइतबार तामाङ मेलम्ची नदीमा पौडि खेल्न क्रममा खोलामा डुबी मृत्यु भएको थियो । मुचुल्का पश्चात शव पोष्टमार्टमको लागि लागि मेलम्ची नगर अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–४ दमारे टोलमा बारीको कान्लाबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थान बस्ने ६५ वर्षीय हर्क बहादुर दर्लामी मगर रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । मगर आइतबार आफ्नो घरबाट १ किलोमिटर पुर्व उत्तर आफ्नै पाखो बारीको कान्लाबाट लडदा गम्भीर घाईते भएका थिए । घाइते मगरलाई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिइको छ ।