हेटौँडाः धादिङ जिल्लामा भएको विभिन्न घटनामा एकै दिन ३ जनाको मृत्यु भएका बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका–११ स्थित मौवा खोलामा एक पुरुषको शव फेला परेको छ । आइतबार दिउँसो १ बजेको समयमा सनाख्त नभएको पुरुष व्यक्तिको शव सडेगलेको अवस्थामा फेला परेको प्रहरीे जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धादिङबेशी लगिएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, धादिङ जिल्लाको धुनिवेशी नगरपालिका–३, नयाँगाउँमा निर्माणाधिन घरको प्लास्टर गर्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरीका ४५ वर्षीय मनोज कार्की रहेको प्रहरी जनाकारी दिएको छ । कार्की आइतबार निर्माणाधिनमा घरमा प्लास्टर गर्ने क्रममा लड्दा गमभीर घाइते भएका थिए । घाइते कार्कीलाई उपचारका लागि ट्रमा सेन्टर काठमाण्डौ लगिएको थियो । उपचारको क्रममा बेलुका १० बजेको समयमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, धादिङ जिल्लाका सिद्दलेक गाउँपालिका–१ बुङचुङ स्थित थोपल खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गजुरी गाउँपालिका–५ घाटबेशी बस्ने १७ वर्षीय सुशिल श्रेष्ठ रहेको प्रहरी जानकारी दिएको छ । आइतबार श्रेष्ठ खोलामा नुहाउने क्रममा डुबेर बेहोस भएका थिए । बेहोस श्रेष्ठलाई उपचारको लागि जिल्ला अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।