सांकेतिक तस्वीर । स्रोतः गुगल ।

हेटौँडाः एन्टीसीको टावर मुनी राखिएको ब्याकअपमा आगलागि हुँदा साढे ८ लाख भन्दा धेरैको क्षति भएको छ । बुधबार हेटौँडा उपमाहानगरपालिका–१९, झ्याम्रुमा रहेको टावर मुनीको ब्याकअपमा सर्ट भई आगलागि हुँदा ८ लाख ६१ हजार बराबरको क्षति भएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

आगलागिबाट सोहि स्थानका ३३ वर्षीय धर्मराज मोक्तानको गोठमा समेत आगलागी भएको थियो । मोक्तानको गोठ, गोठमा रहेको बाख्रा १० वटा, अन्नपात, लत्ता कपडा, फर्नीचरको समान पुर्णरुपमा जलि नष्टभएको प्रहरीले जनाकारी दिएको छ । मोक्तानको १ लाख ५० हजार बराबर नगद जलेर क्षति भएको छ । आगलागिबाट एन्टीसिको ब्याकअप वाइरिङ मेसिन पुर्ण रुपमा जलेर नष्टभएको छ । मेसिनको मुल्य भने एकिन भएको छैन ।