हेटौँडाः बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी महानिरीक्षक (डिआइजी) किरण राणाले संगठनमा कतिपय व्यक्तिहरुबाट गल्ती हुने बताउँदै आफुले संगठन शुद्धीकरण गरेर जाने बताउनुभएको छ । बुधबार कार्यालयमा पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा पत्रकारले प्रहरीबाट पनि गल्ती हुने गरेको सवालको जवाफमा उहाँले यस्तो बताउँनुभयो ।
प्रदेश प्रहरी कार्यालयले उपत्यका बाहेकका १० जिल्ला हेर्दै आएको छ । कतिपय प्रहरीहरुले गल्ती गरेको एकपटक भन्दा नमान्ने २ जिल्लाका प्रहरी प्रमुखलाई कारबाही गर्ने तयारी रहेको राणाले बताउनुभयो । ट्राफिकको तुलनामा प्रहरी सुधार्नुपर्ने अवस्था रहेको उहाँको भनाइ रहेको छ । प्रहरीको सुरक्षामा सुधार ल्याउन आफुले नयाँ कन्सेप्ट लिएर जिल्लामा स्मार्ट कन्ट्रोल रुम निर्माणमा लागीपरेको बताउँदै चालु आवमा नै निर्माण सम्पन्न गरी सुचारु गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । आगामी आवको बजेटमा काभ्रे र चितवन जिल्लमा पनि स्मार्ट कन्ट्रोलको रुमको निर्माण गर्ने जसले सुरक्षामा अगाडि बढ्न सहज हुने बताउनुभयो ।
प्रहरीले आफ्नो कार्ययोजना नपरेका कतिपय काम पनि गर्दै आएको उहाँले जोड दिनुभयो । मकवानपुरमा पछिल्लो समय गाँजाको कारोबार, ओसारपसार, खेति अत्यधिक मात्रामा हुनेगरेको विषयमा पत्रकारले राखेको प्रश्नको जवाफमा उहाँले व्यवस्थापनमा लागीपरेको बताउनुभयो । गाँजा व्यवस्थापनमा प्रहरी लागी पर्नुपर्ने तर राजनीतिक दलको पनि प्रभाव पर्ने गरेको उहाँको भनाइ छ । आफुले गाँजा न्युनीकरणका लागि आन्तरिक मन्त्रालयका मन्त्री र मुख्यमन्त्रीसँग छलफल गरेको र व्यवस्थापन गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।