विद्यालयमा विदा दिने निर्णय भएको जानकारीका लागि गाउँपालिकाले जारी गरेको सूचना ।

हेटौँडाः मकवानपुरको बकैया गाउँपालिकाले उच्च गर्मीका कारण एक साताका लागि विद्यालयमा विदा दिने निर्णय गरेको छ । शुक्रबार गाउँ शिक्षा समितिको बैठकले एक साताका लागि पालिकाका सवै विद्यालय विदा गर्ने निर्णय गरेको सूचना प्रकाशित गरेको छ ।

जेठ २१ गतेदेखि २७ गतेसम्म एक साताका लागि विद्यालय विदा दिने निर्णय भएको सूचनामा उल्लेख छ । अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा समस्या सिर्जना भई विद्यालयको पठनपाठनमा नकारात्मक असर परिरहेको अवस्थालाई मध्य नजर गरी विदा दिने निर्णय गरिएको पालिकाले जनाएको छ ।