फाइल तस्वीर ।

हेटौँडाः खुला राष्ट्रिय भलिबल प्रतियोगिता आजबाट हेटौँडामा सुरु हुँदैछ ।

स्व. केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । हेटौँडा उपमहानगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगितामा ७ वटा टिमको सहभागिता रहेको छ ।

उद्घाटन खेल आज मंगलबार बिहान हेटौँडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा हुनेछ । प्रतियोगिताको उद्घाटन खेल मकवानपुर जिल्ला भलिबल टिम र गण्डकी प्रदेशको भलिबल टिमबीच हुने आयोजकले जनाएको छ ।