Home मुख्य समाचार कोरोना संक्रमित मकवानपुरका हुन्, मकवानपुरमै भने संक्रमित पहिचान भएको होइन

कोरोना संक्रमित मकवानपुरका हुन्, मकवानपुरमै भने संक्रमित पहिचान भएको होइन

हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडास्थित प्रयोगशाला ।

हेटौंडाः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनको क्रममा आज थप २७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको जानकारी गराएको छ । नयाँ पहिचान भएका २७ जनामध्ये एकजना मकवानपुर जिल्लाको भएको भनी मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी गराउनुभएको थियो ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मकवानपुरका एकजनामा संक्रमण पाइएको बताए पनि संक्रमित भनिएको व्यक्ति अहिले मकवानपुर जिल्ला भित्र छैनन् । संक्रमितको स्थायी ठेगाना मकवानपुर जिल्ला भए पनि उनको जिल्लाभन्दा बाहिरै परीक्षण भएको हो । मन्त्रालयका प्रवक्ता डा. देवकोटाले पनि संक्रमितको स्थायी ठेगानाका आधारमा जिल्ला निर्धारण गरिएको स्पष्ट पार्नुभएको छ । हेटौंडास्थित प्रयोगशालाले नयाँ संक्रमित पहिचान नगरेको र आइसोलेसन वार्डबाट पनि स्वाब नपठाइएको जानकारी गराएसँगै मन्त्रालयले संक्रमित भनेको व्यक्ति जिल्ला बाहिरै रहेको स्पष्ट भएको हो ।

मन्त्रालयले आज थप २७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४०२ पुगेको छ । हालसम्म ३६ जना निको भइसकेका छन् भने २ जनाको मृत्यु भएको छ ।

Exit mobile version