हेटौँडाः जेसीआई हेटौँडाको सप्ताहव्यापी कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । वार्षिक कार्यक्रममध्ये प्रमुख कार्यक्रमको रुपमा रहने जेसीज सप्ताहको अवसरमा जेसीआई हेटौँडाले मनकामना अपहिल साइक्लिङ, रक्तदान, वक्तृत्वकला प्रतियोगिता, हाजिरीजवाफ, स्लो बाइक प्रतियोगिता, विद्यालय शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम गरेको थियो ।

शुक्रबार हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा समापन कार्यक्रम भयो । जेसीज सप्ताह समापन कार्यक्रममा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत विभिन्न प्रतियोगितामा सहभागीलाई पुरस्कृत गरिएको थियो । जेसीजलाई युवा पुस्ताको नेतृत्व र व्यक्तित्व विकासका लागि विविध क्रियाकलाप गर्ने संस्थाको रुपमा स्थापित गरिएको छ ।