फाईल तस्वीर ।

हेटौंडाः मकवानपुर जिल्ला अदालतमा विभिन्न ४१ मुद्धा पेशी परेकोमा ११ मुद्धा फैसला भएको छ । सोमबार पेशीमा रहेका मुद्धामध्ये २३ वटामा आदेश र ७ वटा मुद्धा स्थगित भएको हो ।
जिल्ला अदालतका न्यायाधीशहरु ऋषिराम निरौला, राजेन्द्र अधिकारी र मनकुमारी जीएम विकको इजलाशले मुद्धा फैसला गरेको छ । न्यायाधीश निरौलाको इजलाशमा चोरीको मुद्धा, सम्बन्धविच्छेदका २ मुद्धा र लेनदेनको मुद्धा फैसला भएको हो ।

न्यायाधीश अधिकारीको इजलाशले लागूऔषध गाँजासमेतको मुद्धा, रोक्का निवेदन मुद्धा, चोरी मुद्धा र सम्बन्धविच्छेदको मद्धामा फैसला गरेको छ । यस्तै, न्यायाधीश जीएम विकको इजलाशमा मुलुकी फौजदारी संहिताको दफा १५५ बमोजिमको निवेदन मुद्धा, चोरी मुद्धा र सम्बन्धविच्छेदको मुद्धा फैसला भएको हो ।

फैसला भएको मुद्धामध्ये ४ मुद्धा सम्बन्धविच्छेदको, २ वटा मुद्धा चोरीको, २ वटा मुद्धा रोक्का निवेदनको तथा लागूऔषध र लेनदेनको मुद्धा एक–एक वटा छन् । पछिल्लो समय सम्बन्धविच्छेदको मुद्धा धेरै रहेको छ । जिल्लामा सम्बन्धविच्छेदको घटनाहरु बढ्दै गएको देखिएको छ ।