Home कला समर्पणको कविता ‘सिमानामा नेता र देश’

समर्पणको कविता ‘सिमानामा नेता र देश’

भारतले सडक निर्माण गरेको नेपाली भूमि लिपुलेकको एक दृश्य ।

हेटौंडाः भारतले लिपुलेकमा नेपाली सीमा मिचेर चीनसँग जोडिने सडक निर्माण गरेको समाचार पढेका आम नेपाली पछिल्लो एक साता कोरोना भाइरसको त्रासबाट मुक्त जस्तै बने । संसारलाई त्रासमा राखेको कोरोना भाइरसलाई नै बिर्साउने गरी भारतको हस्तक्षेपकारी यो पहिलो घटना होइन । यसैबीच एउटा भनाइ पनि चर्चामा रह्यो, ‘दक्षिण एसियामा नेपालले मात्रै भारतलाई मित्र राष्ट्र मान्छ, अन्य मुलुकले भारतलाई सत्रु राष्ट्र मान्छ ।’ नेपालले मित्र राष्ट्र माने पनि भारतको सत्रुतापूर्ण व्यवहार निरन्तर जारी छ ।

नेपाली जनताले भारतको भूमिकालाई लिएर जति आक्रोश पोखेका छन्, त्यत्ति नै निराशा नेपालका राजनीतिक दलका नेताहरुको भूमिकालाई लिएर प्रकट गरेका छन् । नेपाली सीमा मिचिएको विषयमा छिमेकी मुलुक भारत र नेपाली नेताप्रतिको आक्रोश पोख्दैछन् हेटौंडा–५, भैरवरोडस्थित जीएस निकेतन माविमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी समर्पण न्यौपानेले सिमानामा नेता र देश शीर्षकको कवितामार्फत ।

सिमानामा नेता र देश

समर्पण न्यौपाने

सिमानाको केस लड्दै छ यो देश
वर माग्यो श्राप रह्यो के नै शेष ।

प्रकृतिको दान, ईश्वरले दिए
छिमेकी पो लोभी, सवै लुटी लिए ।

स्वार्थी परे नेता, छिमेकीको भक्त
कमाएछन् धन, बेची वीर रक्त ।

विधाताले पनि, कस्तो भाग्य कोरे
मेरो देश साँच्चै अभागी हो क्यारे ।

नसुनाउ आमा वीरताको कथा
साँचो हैन क्या हो अमर ती गाथा ।

आमा यहाँ सबै छन् रक्त प्यासा
आमा कै सौदा गर्ने नेतारुपी ब्वाँसा ।

पैसाका यी प्यासा विकासको हैन
देशभक्त यहाँ कोही कहीँ छैन ।

एकजुट भई राष्ट्र सेवा गरौं
राष्ट्र प्रेम हेतु सबै अघि सरौं ।

Exit mobile version