तस्बिरः गुगल ।

हेटौंडाः चितवन जिल्लाको भरतपुर महानगरपालिका–४, यज्ञपुरी नजिक नारायणी नदिमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुने १२ वर्षीय आशिष खत्री रहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

शनिबार दिउँसो नारायणी नदी किनारमा पौडी खेल्ने क्रममा डुबेकोमा स्थानीयले उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । उपचारको क्रममा खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।