रक्तदान गर्दै एक रक्तदाता ।

हेटौँडाः जेसीआई हेटौँडाले जेसीज सप्ताहअन्तर्गत दोस्रो दिन आइतबार बिहान आयोजना गरेको रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेका छन् ।

हेटौंडा–४, हुप्रचौरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्य रहेको थियो । जेसीआई हेटौँडाले जेसीज सप्ताहको पहिलो दिन शनिबार मनकामना अपहिल साइक्लिङ च्यालेन्जको आयोजना गरेको थियो ।