नवनिर्वाचित सभापतिलाई प्रमाणपत्र वितरण गरिँदै ।

हेटौंडाः नेपाल रेडक्रस सोसाइटी मकवानपुरगढी उपशाखाको सभापतिमा कृष्णप्रसाद पोखरेल निर्वाचित हुनुभएको छ । शुक्रबार सम्पन्न साधारणसभाबाट पोखरेलको नेतृत्वमा नयाँ समिति गठन भएको छ । समितिको उपसभापतिमा रञ्जना गिरी, सचिवमा सत्रुघन दुलाल, कोषाध्यक्षमा रामप्रसाद चौरेल, उपसचिवमा गंगाराज लामा र उपकोषाध्यक्षमा यज्ञस्वर चौरेल निर्वाचित हुनुभएको छ ।

यस्तै सदस्यमा मनमाया लो, केदारप्रसाद तिमल्सिना, विष्णुप्रसाद न्यौपाने, उमेश अधिकारी र डोलाप्रसाद भट्ट निर्वाचित हुनुभएको छ । रेडक्रस मकवानपुरका सभापति लालबहादुर थापा नेतृत्वको समूहको सहभागितामा उपशाखाको साधारणसभा तथा समिति पुनर्गठनको कार्य भएको हो । अहिले जिल्लामा उपशाखाको साधारणसभा सम्पन्न गर्ने कार्य जारी छ ।