साङ्केतिक तस्विर

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिका–५, दरदरामा १ बर्षीया सरिना डिमडुङको कुलोले बगाउँदा मृत्यु भएको छ ।

मंगलबार साँझ साढे ६ बजेको समयमा घर नजिकैको कुलोले बगाएर बालिकालाई अचेत अवस्थामा करिब एक किलोमिटर पर भेटिएकी थिइन् । सरिनाको उपचारको क्रममा हेटौंडा अस्पतालमा मंगलबार साँझ ७ बजेको समयमा मृत्यु भएको प्रहरी जनाएको छ ।