हेटौंडाः मकवानपुर जिल्लाको कैलाश गाउँपालिका–४, कटुन्जेमा लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । मंगलबार राती विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक दीपक केसीको कमाण्डमा खटिएको टोलीले स्थानीय ४२ वर्षीय राधाकृष्ण रिजाल र ३८ वर्षीय उत्तम रिजालको घरबाट लागुऔषध गाँजा ५ सय १२ केजी र नगद ५५ हजार ३ सय ६५ रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाकारी दिएको छ ।
प्रहरीले राधाकृष्ण रिजालको घरबाट १२ वटा बोरामा ३ सय २७ केजी ८०० ग्राम र उत्तम रिजालको घरबाट ६ वटा बोरामा १ सय ८४ केजी १०० ग्राम लागुऔषध गाँजा र नगद ५५ हजार ३ सय ६५ रुपैयाँ बरामद गरेको जनाएको छ । लागुऔषध गाँजा, नगदसहित दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय ल्याई अनुसन्धान कार्य भइरहेका प्रहरीले जनाएको छ । यसअघि मकवानपुर प्रहरीले सोमबार बिहान मकवानपुरको थाहा नगरपालिका–७ मा वडाअध्यक्षसहित तीनजनालाई लागुऔषध गाँजासहित पक्राउ गरेको छ ।