३ रजत पदक विजेता दिना गोपाली ।

हेटौंडाः राष्ट्रपति रनिङ्ग शिल्ड राष्ट्रिय प्रतियोगितामा एथलेटिक्सतर्फ मकवानपुरले ३ वटा रजत र ५ वटा कास्य पदक जितेको छ । मकवानपुरका लागि ३ वटै रजत थाहा नगरकी दिना गोपालीले जितेकी हुन् । शुक्रबारदेखि काठमाडौंमा जारी प्रतियोगितामा दिनाले १ सय मिटर, २ सय मिटर र ४ सय गुणा ४ रिलेमा रजत पदक जितेकी हुन् ।

कास्य पदक विजेता आयुष, सुजन र सुमन ।

यसैगरी आयुष नेगीले १ सय गुणा ४ रिले र ४ सय गुणा ४ रिलेमा कास्य पदक जितेका छन् । यस्तै सुमन योञ्जनले ज्याभ्लिङ थ्रो र ४ सय गुणा ४ रिलेमा कास्य पदक जित्दा सुजन राईले १ सय गुणा ४ रिलेमा कास्य पदक जितेको मकवानपुर जिल्ला खेलकुद विकास समितिका प्रमुख माधव कोइरालाले जानकारी दिनुभएको छ । आयुष, सुमन र सुजन मकवानपुरको बकैया गाउँपालिकाका खेलाडी हुन् । बागमती प्रदेशको टिमबाट मकवानपुरका ११ जना खेलाडी सहभागी छन् ।