हेटौंडाः विश्व भेटेरिनरी दिवसको अवसरमा मानवसेवा आश्रममा औषधी वितरण गरिएको छ । बागमती प्रदेशको पशुपछी तथा मत्स्य विकास निर्देशनालय अन्तर्गतको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मकवानपुरले हेटौंडा–९, लामसुरेधापमा रहेको मानवसेवा आश्रममा रहेका गाईलाई औषधी वितरण गरेको हो ।
भेटेरिनरी पेशामा विविधता, समता र समावेशिताको प्रबद्र्धन भन्ने नारासहित विश्व भेटेरिनरी दिवस २०८० औषधी वितरण गर्दै मनाइएको छ । मानवसेवा आश्रमले पालेको ८ वटा गाईलाई औषधी वितरण गरिएको मानवसेवा आश्रमका अभियन्ता होमनाथ पौडेलले जानकारी दिनुभयो । ती गाईहरुका लागि करिब १० हजार रुपैयाँ बराबरको औषधी सहयोग गरिएको उहाँले बताउनुभयो ।