हेटौंडाः मातातीर्थ औंसीको अवसरमा नवयुवा बचत तथा ऋण सहकारी संस्थाले ज्येष्ठमाताहरुलाई सम्मान गरेको छ । बिहीबार संस्थाको कार्यालय हेटौंडा–११, नवलपुरमा आयोजित कार्यक्रममा ७० वर्षमाथिका शेयर सदस्य महिलाहरुलाई ज्येष्ठमाताको रुपमा सम्मान गरिएको हो ।
सहकारी संस्थाका अध्यक्ष फूलमान श्रेष्ठको अध्यक्षतामा सम्मान कार्यक्रम गरिएको थियो । कार्यक्रममा हेटौंडा–११ का वडा अध्यक्ष जुना दहालको प्रमुख आतिथ्य थियो । संस्थाका निवर्तमान अध्यक्ष एवम् हेटौंडा उपमहानगरपालिकाको सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल तथा संस्थाका संस्थापक अध्यक्ष गोकर्णप्रसाद पराजुलीको विशेष आतिथ्य थियो ।
संस्थाका कोषाध्यक्ष एवम् शिक्षा उपसमिति संयोजक खेमराज सापकोटाले कार्यक्रमको समन्वय तथा संस्थाका सचिव गोविन्द पुडासैनीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष रामप्रसाद सापकोटा, सहसचिव अकलबहादुर रोक्का, सदस्यहरु शम्भुप्रसाद शिवाकोटी, भीमसेन चौलागाईं, मेनुका रिजाल, गणेशप्रसाद कालाखेती, महेशकुमार सुवेदीलगायतको उपस्थिति थियो ।
सहकारी संस्थाले ३३ जना ज्येष्ठमातालाई सम्मान गरेको छ । संस्थाले हरेक वर्षको वार्षिक कार्यक्रममा समावेश गरेर ज्येष्ठ माताहरुलाई मातातीर्थ औंसीको अवसरमा र ज्येष्ठ पिताहरुलाई कुशे औंसीको अवसरमा सम्मान गर्ने गरेको छ ।