हेटौंडाः अन्तर्राष्ट्रिय वन विद्यार्थी संघ (इप्सा) हेटौंडाद्वारा वन क्याम्पस हेटौंडामा स्थानीय सम्मेलन हुँदैछ । २०८० स्थानीय सम्मेलन ३ दिने रहेको छ । ९ गतेदेखि ११ गतेसम्म हुने सम्मेलन विद्यार्थीलाई प्रेरित गर्नु रहेको हेटौंडा इप्साको अध्यक्ष अनिल सुवेदीले बताउनुभयो ।
३ दिने कार्यक्रममा ९ गते उद्घाटन समारोह, साधारण सभा, विभिन्न मनोरञ्जन र स्नातक उत्तीर्ण भएपछि के गर्ने भन्ने विषयमा छलफल हुने छ । १० गते वन प्रदर्शनी, नयाँ समिति गठन हुने र ११ गते साँस्कृतिक साँझा, खेल, विद्यार्थीलाई उत्प्रेरित गर्ने, वन सम्बन्धी ज्ञान दिने जस्ता कार्य हुने सुवेदीले जानकारी दिनुभयो ।
सम्मेलनमा विद्यार्थीलाई काम र योजनाका आधारमा पुरस्कार वितरण गरिने छ । साथै, वनमा इच्छुक विद्यार्थीलाई एकै ठाउँमा बोलाउने, खेलका पुरस्कार वितरण गरी २०८० को विभिन्न साँस्कृतिक कार्यक्रम सम्पन्न गरिने सुवेदीले बताउनुभयो ।