हेटौंडाः लायन्स क्लब अफ मकवानपुरको अध्यक्षमा हरि कुमार शर्मा निर्वाचित हुनुभएको छ । भौतिक दुरी कायम राख्दै आज भएको क्लबको भेलाले शर्मालाई वर्ष २०२०/२१ का लागि अध्यक्षमा निर्वाचित गरेको हो । क्लबका अध्यक्ष सरोज राज पोखरेलको अध्यक्षता तथा क्लबका संस्थापक अध्यक्ष एवम् लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ का भाइस डिष्ट्रिक्ट गभर्नर शम्भु नकर्मीको उपस्थितिमा भेला भएको हो ।
क्लबको भेलाले प्रथम उपाध्यक्षमा रामकुमार कडरिया, द्वितीय उपाध्यक्षमा पुरुषोत्तम पुडासैनी, तृतीय उपाध्यक्षमा भरत थापालाई चयन गरेको छ । यस्तै क्लबको सचिवमा ओम चौलागाई, कोषाध्यक्षमा रुपक राज दाहाल, सहसचिवमा दीपक अर्याल र सहकोषाध्यक्षमा बालकृष्ण बजगाईलाई चयन गरेको छ । नवनिर्वाचित अध्यक्ष शर्माले सामाजिक सेवाको भावले स्थापित क्लबलाई सामाजिक सेवाकै क्षेत्रमा क्रियाशील गराउने बताउनुभयो ।