हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघले मंगलबार उद्योग वाणिज्य दिवस २०७९ मनाएको छ । हेटौंडा–११ स्थित मामाघर नेपालमा आश्रित बालबालिकाहरुका लागि खाद्यान्न वितरण गरेर उद्योग वाणिज्य दिवस मनाएको हो ।
संघका उपाध्यक्ष राजु अधिकारीको नेतृत्वमा व्यवसायीको एक समूह मामाघर नेपालमै पुगेर खाद्यान्न वितरण गरेको हो । उपाध्यक्ष राजु अधिकारीले संघको तर्फबाट चामल, पिठो, तेल, दाल र नुन सहयोग गरिएको बताउनु भयो । कार्यक्रममा संघका सचिव राजाराम कार्की, कार्यसमिति सदस्य दिवस पराजुली, कार्यकारी सचिव पवन कार्कीलगायतको उपस्थिति रहेको थियो ।
हाल मामाघर नेपालमा ५ वर्षदेखि १६ वर्ष उमेरका १६ जना बालबालिका आश्रित रहेको मामाघर नेपालकी स्वयंसेविका आइशा राईले बताउनु भएको छ । कार्यक्रममा उपाध्यक्ष राजु अधिकारीले आफ्नो व्यक्तिगत तर्फबाट २०८० सालभरी मामाघर नेपालमा आश्रित बालबालिकाहरुका लागि आवश्यक कुखुराको अण्डा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।