Home खेलकुद उपमेयर कप भलिबल आजबाट

उपमेयर कप भलिबल आजबाट

फाइल तस्वीर ।

हेटौंडाः उपमेयर कप भलिबल प्रतियोगिता आज सोमबारबाट हेटौंडा–१२, पदमपोखरीस्थित बुद्ध माविमा हुँदैछ । पुरुषतर्फ १० वटा टिम र महिलातर्फ ९ वटा टिमको सहभागिता रहनेछ । लिग–कम–नकआउट प्रणालीमा आयोजना हुने प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ ४ वटा समूह बनाइएको छ । पुरुषतर्फ समूह क मा वडा नम्बर २, ४ र १६ रहेको छ । समूह ख मा वडा नम्बर ६ र १९, समूह ग मा वडा नम्बर ८ र ११, समूह घ मा वडा नम्बर ५, १२ र १७ रहेका छन् ।

यस्तै महिलातर्फ समूह क मा वडा नम्बर ४, ६ र १७ रहेको छ भने समूह ख मा वडा नम्बर ११ र १२, समूह ग मा वडा नम्बर २ र ९ रहेको छ भने समूह घ मा वडा नम्बर १४ र १९ रहेको छ । समूह चरणका खेलहरु लिग प्रणालीमा खेलाइने छ भने क्वार्टरफाइनल चरणबाट नकआउट प्रणालीमा खेलाइनेछ । क्वार्टरफाइनलसम्म बेस्ट अफ थ्रीका आधारभा खेल खेलाइने छ भने सेमिफाइनल र फाइनल चरणको खेल बेस्ट अफ फाइभका आधार खेलाइनेछ ।

पाँचौ संस्करणको उपमेयरकप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिला र पुरुष दुवैतर्फका प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः ५० हजार रुपैयाँ, ३० हजार रुपैयाँ र १० हजार रुपैयाँ प्राप्त गर्ने जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २ हजार ५ सय र विधागत उत्कृष्ट खेलाडीहरुलाई १ हजार ५ सय रुपैयाँ प्रदान गरिने जनाएको छ ।

Exit mobile version